किसान कल्याण बहुउद्देश्य सहकारीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा ।
हिन्दुहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको सुखद अवसरमा किसान कल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेड, हेटौंडा–८ को आयोजनामा एक विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चाडपर्वका माध्यमबाट सेयर सदस्यहरू तथा स्थानीय समुदायबीच आपसी भाइचारा, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो।

​संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा सदस्य गोरख राय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

​कार्यक्रमका अवसरमा उपस्थित प्रमुख अतिथि, अध्यक्ष, सेयर सदस्य तथा अतिथिहरूले एक-आपसमा विजयादशमी, दीपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना साटासाट गर्नुभएको थियो। सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले संस्था र सेयर सदस्यहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै चाडपर्वको खुसी साटासाट गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.