रसुवा बाढी: हेटौँडा स्कुल अफ म्यानेजमेन्टद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग, शैक्षिक क्षेत्रबाट उदाहरणीय पहल

हेटौँडा । उत्तरी रसुवाको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनरुत्थानका लागि मकवानपुरको अग्रणी शैक्षिक संस्था हेटौँडा स्कुल अफ म्यानेजमेन्टले ठूलो आर्थिक सहयोगको घोषणा गरेको छ। हेटौँडा–४ स्थित उक्त कलेजले नेपाल सरकारद्वारा घोषित ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा २० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो।

​विपदको यो कठिन समयमा सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै कलेज प्रशासनले यो सहयोग घोषणा गरेको हो। बाढीका कारण ठूलो जनधनको क्षति भई मुलुक शोकमा डुबेका बेला एउटा शैक्षिक संस्थाले देखाएको यो उच्च मानवीय संवेदना र सामाजिक उत्तरदायित्व (CSR) लाई स्थानीय स्तरमा निकै सह्रानीय कदमका रूपमा हेरिएको छ।

​हेटौँडा स्कुल अफ म्यानेजमेन्टको यो ठूलो योगदानले बाढीपीडितको मलममा राहत पुर्‍याउनुका साथै देशका अन्य निजी क्षेत्र, कर्पोरेट हाउस तथा शैक्षिक संस्थाहरूलाई पनि सहयोगमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिइएको छ। संकटको यस घडीमा सबै क्षेत्रबाट हुने यस्ता एकीकृत प्रयासहरूले नै विपद् व्यवस्थापन र पीडितको पुनरुत्थानलाई थप प्रभावकारी बनाउने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.