२०८३ भाद्र १२, शुक्रबार १४:३०
२०८३ भाद्र १२, शुक्रबार १४:३०
हेटौँडा । उत्तरी रसुवाको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनरुत्थानका लागि मकवानपुरको अग्रणी शैक्षिक संस्था हेटौँडा स्कुल अफ म्यानेजमेन्टले ठूलो आर्थिक सहयोगको घोषणा गरेको छ। हेटौँडा–४ स्थित उक्त कलेजले नेपाल सरकारद्वारा घोषित 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा २० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो। विपदको यो कठिन समयमा सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै कलेज प्रशासनले यो सहयोग घोषणा गरेको हो। बाढीका कारण ठूलो जनधनको क्षति भई मुलुक शोकमा डुबेका बेला एउटा शैक्षिक संस्थाले देखाएको यो उच्च मानवीय संवेदना र सामाजिक उत्तरदायित्व (CSR) लाई स्थानीय स्तरमा निकै सह्रानीय कदमका रूपमा…