२०८३ कार्तिक २६, बिहीबार १८:३०
२०८३ कार्तिक २६, बिहीबार १८:३०
मकवानपुरको भिमफेदी गाउँपालिका–६ चिसपानीगढीस्थित सडक खण्डमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा परी चालकसहित १४ जनाको मर्मस्पर्शी निधन भएको छ। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेर भएको यस भीषण दुर्घटनामा १० जनाको घटनास्थलमै र खोजी तथा उद्धारका क्रममा फेला परेका थप ३ जनाको शव साँझ १८:०० बजे हेटौंडा अस्पताल ल्याई सनाखत गरिएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेहरूको कुल संख्या १४ पुगेको छ। मृत्यु हुनेहरूमा चालक सर्लाहीको कविलासी गाउँपालिका–८ बस्ने ३० वर्षीय रवि शंकर कुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भन्ने राम प्रसाद राय…