२०८३ कार्तिक ११, बुधबार १८:४६
२०८३ कार्तिक ११, बुधबार १८:४६
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालय प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। कार्तिक ११ गते आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री र मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय सानोपोखरा तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो। कार्यक्रम पश्चात् मातहतका कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले सम्झौतामा तोकिएका लक्ष्यहरू तोकिएकै समयमा हासिल गर्न कडा निर्देशन दिनुभयो। उहाँले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, चुस्त अपराध अनुसन्धान गर्न, विपद् व्यवस्थापनमा अग्रसर हुन र प्रहरी…