२०८३ कार्तिक २, सोमबार २१:०६
२०८३ कार्तिक २, सोमबार २१:०६
काठमाडौँ, कात्तिक २ — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले देशको धर्म, कला, संस्कार, संस्कृति र मौलिक परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हाम्रा अमूल्य सांस्कृतिक निधिहरू नै राष्ट्रको वास्तविक पहिचान र चिनारी भएकाले यसको जीवन्तता जोगाउनु आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ। नेपालीहरूको महान् चाड विजयादशमी तथा नेपाल संवत्को मोहनी नखःको पावन अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सो धारणा राख्नुभएको हो। लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख…