२०८३ आश्विन २४, शनिबार २०:१०
२०८३ आश्विन २४, शनिबार २०:१०
हेटौंडा, असोज २४ । "स्वास्थ्य युवा, अनुशासित समाज, समृद्ध वडा" भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका १५ नं. वडा कार्यालयको आयोजनामा सञ्चालित ‘अन्तर नगर वडा स्तरीय वडा अध्यक्ष फिटनेस अभियान-२०८१’ अन्तर्गत तीन दिने जिम तथा जुम्बा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। हेटौंडा-४ स्थित होटल सामनामा आयोजित उक्त तालिम कार्यक्रममा हेटौंडाका विभिन्न जिम तथा जुम्बा क्लबका गरी ३९ जना प्रशिक्षकहरूले उत्साहजनक सहभागिता जनाउँदै व्यावसायिक प्रशिक्षण प्राप्त गरेका छन्। कार्यक्रम हेटौंडा उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष सुनिल मोक्तानको सभाअध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख (मेयर) मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सुनिल लोप्चनको संयोजनमा भएको उक्त कार्यक्रमको सहजीकरण प्रशिक्षक श्रीनिवास ठन्दासले…