२०८३ भाद्र ११, बिहीबार १४:०२
२०८३ भाद्र ११, बिहीबार १४:०२
हेटौँडा । प्राकृतिक विपत्तिले मुलुक आक्रान्त बनेका बेला हेटौँडामा आयोजना गर्न लागिएको एक ठूलो धार्मिक तथा सामाजिक भेला स्थगन गरिएको छ। सर्वधर्म समाज नेपाल हेटौँडाले यही भदौ १७ गतेका लागि तय गरेको 'सर्वधर्म सद्भाव ऐक्यवद्धता घोषणा अभियान' रसुवामा आएको विनाशकारी बाढीका कारण अन्तिम समयमा आएर स्थगित गर्ने निर्णय गरेको हो। सिङ्गो देश नै विपद्को शोक र पीडामा रहेका बेला उत्सव वा घोषणा सभा गर्नु सान्दर्भिक नहुने निष्कर्ष निकाल्दै स्थानीय प्रशासनको सहमतिमा कार्यक्रम रोकिएको हो। अभियानका लागि लगभग सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा पनि समाजले मानवीय संवेदनालाई प्राथमिकता दिएको छ। देशका सबै धर्मका गुरुहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने…