Breaking News 1

सुन र चाँदी मूल्यमा सामान्य वृद्धि

मकवानपुर । नेपाली बजारमा आइतवार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तीन सय रुपैयाँले बढ्दै तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।
Read More

आजको राशिफल

आज मिति २०८२ साल जेठ १८ गते, आइतवार (June 1, 2025) को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुपालन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। आर्थिक सुधार निश्चित छ। खुसीको खबर प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो शारीरिक तन्दुरूस्ती कायम गर्नको लागि तपाईंले आज केही खेल गतिविधिहरूमा भाग लिनु आवश्यक छ। आर्थिक पक्ष सामान्य रहनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। कर्कट…
Read More

हेटौंडामा टिभिएसको एक्सचेन्ज मेनिया

मकवानपुर, २३ बैशाख । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ । हेटौंडामा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको सो एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको सञ्चालक कन्चन बुढाथोकीले बताए । एक्सचेन्ज अफरअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म छुट पाउने छन् । कार्यक्रममा जस्तोसुकै पुरानो बाइक वा स्कुटरको न्युनतम ३० हजार रुपैयाँसम्मको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनाअन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने सरल किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर रहेको छ । सञ्चालक बुढाथोकीका अनुसार एक्सचेन्ज मेनिया कार्यक्रम बैशाख २१ गतेदेखि २६ गतेसम्म हेटौंडाको रानीदरवार अगाडिको टिभिएस सोरुममा…
Read More

बाख्रासंगै रमाउछन् आचार्य

रसुवाको कालिका गाउँपालिका–३, कटुन्जे निवासी रुद्र प्रसाद आचार्यको खोरमा अहिले बाख्राहरू रमाइरहेका छन् । बारीमा हरिया तरकारी लहलहाई रहेका छन्। यी दृश्यले एउटा स्पष्ट संकेत गर्छ—उहाँ आत्मनिर्भर उद्यमशील किसानका रुपमा स्थापित भइसकेका छन्। एक दशकअघि रोजगारीका लागि खाडी मुलुक पुगेका आचार्यले ठूलो आम्दानीको सपना देखेका थिए। तर, वर्षौंको मेहनतपछि पनि आर्थिक रूपमा उल्लेखनीय उन्नति हुन सकेन। अन्ततः, उनले विदेशभन्दा आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने निष्कर्ष निकाले। पाँच वर्षअघि गाउँ फर्किएपछि उनले बाख्रापालन र तरकारी खेतीलाई रोजे। सुरुमा चुनौतीहरूसँग जुध्नुप¥यो, तर धैर्य र लगनशीलताले सफलताको ढोका खोल्यो। अहिले उनी एक दर्जनभन्दा बढी बाख्रा पाल्छन् र विभिन्न प्रकारका तरकारी उत्पादन गर्छन्। आचार्यको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.